सार्वजनिक वित्तीय व्यवस्थापन: वर्तमान अवस्था र भावी कार्यदिशा

Authors

  • Gopi Nath Mainali Former Secretary, Government of Nepal

DOI:

https://doi.org/10.3126/nppr.v1i1.43504

Keywords:

सार्वजनिक वित्त, अनुगमन, Public finance, राजस्व परिचालन, स्वच्छता, revenue mobilization, बजेट, integrity, योजना, budget, खरिद, planning, वित्तीय सूचना व्यवस्थापन, procurement, सम्पूर्ण बजेट प्रलेखीकरण, information management, whole-of-the-budget, monitoring

Abstract

राज्यले प्रभावकारी सेवा व्यवस्थापन र स्वच्छ राजस्व परिचालन एवम् जिम्मेवारीपूर्ण खर्च गर्नको निम्ति प्रभावकारी सार्वजनिक वित्तीय व्यवस्थापन महत्वपूर्ण हुन्छ । यस लेखको उद्देश्य वित्तीय व्यवस्थापनको संक्षिप्त विकासक्रम र वर्तमान अवस्थाको लेखाजोखा गर्दै सार्वजनिक वित्तीय व्यवस्थापनका उद्देश्य, सार्वजनिक वित्तीय व्यवस्थापन चक्र तथा नेपालमा देखिएका प्रमुख सवाल र चुनौतीको पहिचान गर्नु र भावी दिनमा अवलम्वन गर्नैपर्ने केही नीतिगत तथा कार्यगत पक्षमा सुझावहरू पेश गर्नु हो । सार्वजनिक वित्तीय व्यवस्थापनका दश वटा चुनौतीहरूको पहिचान गर्दै सुधारका लागि वास्तविक बजेट निर्माण, योजना र खर्च संरचनाबिच तार्किक सम्बन्ध, स्वचालित वित्तीय कारोबार, सूचना समावेश गर्ने खरिद प्रणाली, एकीकृत सार्वजनिक वित्तीय सूचना व्यवस्थापन प्रणाली, सम्पूर्ण बजेट प्रलेखीकरण प्रणाली, नतिजामूलक अनुगमन र कम्प्युटर–सहकृत लेखा परीक्षण, आदि सुझावहरू पेश गरिएका छन् ।

Abstract (in English)

Effective public financial management is important for effective service management, clean revenue mobilization, and responsible spending. The purpose of this article is to present a brief history of financial management and assessessment the current situation, and to identify the purpose of public financial management, the working of public financial management cycle, the major issues and challenges in Nepal, and to suggest some policy and action plan to be adopted in coming days. Identifying some ten challenges of the current public financial management, suggestion are offered which include practices and measures for actual budget, the logical relationship between planning and expenditure structure, automated financial transactions, procurement system that captures information, integrated financial information management system, whole-of-the-budget documentation system, result-based monitoring and computer-asisted accounting.

Author Biography

Gopi Nath Mainali, Former Secretary, Government of Nepal

नीति विश्लेषण, व्यवस्थापन र आर्थिक विधामा सुपरिचित श्री मैनाली नेपाल सरकारका पूर्व सचिव÷पूर्व महालेखा नियन्त्रक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा र पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर मैनाली म्याष्ट्रिच स्कुल अफ मेनेजमेन्टबाट ‘वित्तीय व्यवस्थापन’, जापानबाट ‘अन्तराष्ट्रिय कर’ मा डिप्लोमा र अन्तराष्ट्रिय मुद्रा कोषबाट ‘फाइनान्सिल प्रोग्रामिङ एण्ड पोलिसी’ कोर्ष पनि गर्नु भएको छ । उहाँले जलवायु परिवर्तन, विपदपछिको पुननिर्माण, दिगो विकास लक्ष्य, हरित अर्थतन्त्रको खाका, सवैको लागि दिगो उर्जा, राष्ट्रिय गरिबी निवारण नीति, भूमि नीति, सार्वजनिक वित्त व्यवस्थापन सुधार, सहकारी नियमन तथा प्रवद्र्धन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ । उहाँका व्यवस्थापन तथा विकास सम्बन्धी पाँच र साहित्यका पाँच पुस्तकहरु र पत्रपत्रिकामा अनेकन लेखहरु प्रकाशित छन् ।

Additional Files

Published

2021-09-18

How to Cite

Mainali, G. N. (2021). सार्वजनिक वित्तीय व्यवस्थापन: वर्तमान अवस्था र भावी कार्यदिशा. Nepal Public Policy Review, 1, 249–260. https://doi.org/10.3126/nppr.v1i1.43504

Issue

Section

Policy Commentaries