Nepal Public Policy Review

Connecting research to public policy

Aims and Scope (April 2024)

Nepal Public Policy Review (NPPR) (ISSN Print: 2795-1901 and Online 2795-191X) is a unique bilingual multidisciplinary and public policy-oriented peer-reviewed journal that aims to serve as a scholarly platform for the connection between knowledge and policy. NPPR is currently indexed in Nepal Journals Online (NepJol) in the ‘New Title’ category.

Bearing in mind that a concrete understanding of public policy demands not only academic analysis but also the experience of all those key actors who put those policies into action, the journal aims to facilitate bridging the gap between academic research and its practical applications in policy by bringing researchers and policy actors together to create or co-create knowledge applicable for evidence-based policymaking in Nepal.

NPPR was conceived envisioning it as an interface between research and policy and has published research works that have relevance or some ingredient for policy. Realizing that there are ample scholarly journals in Nepal and elsewhere that publish such work, and doing the same would be redundant for a public institution, we have repurposed the aim of the NPPR to serve as a unique outlet for applied policy research, which we define as a work that discernibly brings new knowledge to potential application in public policy.

With the newly redefined aim, the journal now complements the core function of the journal's publisher, the Policy Research Institute, a think tank of the government of Nepal, mandated with providing government policy recommendations based on rigorous research. Articles submitted to NPPR are expected in content to be smaller versions of the research report that PRI generates for the government and policy community.

NPPR invites the following two types of articles:

  • Research articles - These are articles with significant primary data generated by authors.
  • Review articles - These are based entirely on the analysis of secondary data generated by others and compiled by the authors.

Both types of articles must connect knowledge to policy in their content to be acceptable for NPPR. How can one connect knowledge to policy? We envision that the knowledge-creating researcher and policy actors may collaborate to connect the two domains of research and policy or work independently expanding their domain of knowledge or practice to generate what the collaboration would generate.

NPPR envisions the following mode of creation or co-creation of policy-applicable knowledge.

  1. One-step (Direct and continuous) whole-time collaboration between the researcher and policy actors to generate policy-applicable knowledge.
  2. Two-step, sequential collaboration between the researcher and policy actors, where researchers complete one level of knowledge generation and then collaborate with policy actors to generate the next level of policy-applicable knowledge.
  3. Researchers expand their knowledge to be familiar with the policy domain and generate policy-applicable knowledge.
  4. Policy actors expand their knowledge to be familiar with the research domain and generate policy-applicable knowledge.

These modes of policy knowledge generation in Nepal are largely new. Therefore, we consider the repurposed NPPR as an experimental policy research journal. Our success will depend on the widening of the culture of research collaboration and the strengthening of the policy research ecosystem in Nepal. 

NPPR shall be publishing high-quality articles covering a broad spectrum of public policy issues about, among others, economics, governance, social issues, health, education, international relations, agriculture, environment, science, technology, and innovation.

NPPR welcomes research and review papers, from across the globe on issues related to Nepal, particularly the issues that fall under the aims and scope of the journal. NPPR also welcomes manuscripts that broadly analyze global agendas that focus on and relate to developing countries. Such articles are expected to bring a global policy agenda and experience to Nepal.

 

नेपाल पब्लिक पोलिसी रिभ्यू

अनुसन्धान र नीतिको सेतु

 

उद्देश्य र दायरा

नेपाल पब्लिक पोलिसी रिभ्यू (एनपीपीआर) एक विशिष्ट किसिमको द्विभाषी बहु-विषयक र सार्वजनिक नीति-उन्मुख विज्ञ-समीक्षित जर्नल हो जसले ज्ञान र नीतिबिचको सम्बन्ध स्थापना गर्ने एक प्राज्ञिक मञ्को रूपमा सेवा गर्ने लक्ष्य राख्दछ ।

सार्वजनिक नीतिको ठोस बुझाइको लागि प्राज्ञिक विश्लेषण मात्रले पुग्दैन, ती नीतिहरूलाई कार्यान्वयनमा ल्याउने सबै प्रमुख नीतिकर्मीका अनुभव पनि चाहिन्छ भन्ने कुरालाई ध्यानमा राख्दै, यस जर्नलले अनुसन्धानकर्ता र नीतिकर्मीहरूलाई सँगै ल्याई नेपालमा प्रमाणमा-आधारित नीति निर्माणका लागि प्रयोज्य ज्ञान सिर्जना वा सह-सिर्जना गर्ने हेतुले प्राज्ञिक अनुसन्धान र ती अनुसन्धानलाई नीतिमा गर्नुपर्ने व्यावहारिक प्रयोगहरूबिच रहेको खाडललाई कम गर्न सहजीकरण गर्ने लक्ष्य राखेको छ ।

एनपीपीआरलाई अनुसन्धान र नीतिबिचको सन्धिस्थलको रूपमा परिकल्पना गरिएको थियो र यसले नीतिको लागि सान्दर्भिक वा त्यस्ता केही अवयवहरू भएका अनुसन्धान कार्यहरू प्रकाशित गरेको छ । तर नेपालमा र अन्यत्र पनि यस्ता अनुसन्धान कार्य प्रकाशित गर्ने पर्याप्त प्राज्ञिक जर्नलहरू रहेका र एउटा सार्वजनिक संस्थाले त्यही काम गर्नु अनावश्यक हुनेछ भन्ने महसुस गर्दै, हामीले एनपीपीआरको उद्देश्यलाई पुन:परिभाषित गर्दै यस जर्नललाई व्यावहारिक नीति अनुसन्धानको लागि एक विशिष्ट द्वारको रूपमा रूपान्तर गरेका छौँ । ‘व्यावहारिक नीति अनुसन्धान' लाई हामीले सार्वजनिक नीतिमा प्रयोग गर्न सम्भव हुने नवीन ज्ञानको सिर्जना गर्ने कामको रूपमा परिभाषित गरेका छौँ ।

नयाँ पुन:परिभाषित उद्देश्यका साथ यस जर्नलले अब जर्नलको प्रकाशक संस्था नेपाल सरकारको थिङ्क ट्याङ्क, नीति अनुसन्धान प्रतिष्ठान, जसको कार्यादेश नै सरकारलाई कठोर अनुसन्धानमा आधारित नीति सिफारिसहरू उपलब्ध गराउनु हो, को जिम्मेवारीलाई समेत परिपूरण गर्नेछ । एनपीपीआर मा पेश गरिएका लेखहरू नीति अनुसन्धान प्रतिष्ठान स्वयंले सरकार र नीति समुदायका लागि सिर्जना गर्ने अनुसन्धान प्रतिवेदनका साना संस्करणहरू हुने अपेक्षा गरिन्छ ।

एनपीपीआर देहायका दुई प्रकारका लेखहरू आमन्त्रण गर्दछ:

  • अनुसन्धान लेख – यी यस्ता लेखहरू हुन् जसमा लेखकले नै सिर्जना गरेका प्राथमिक तथ्याङ्क उल्लेख्य रूपमा प्रयोग भएको हुन्छ ।
  • समीक्षा लेख - यी यस्ता लेखहरू हुन् जसमा अरूले सिर्जना गरेका द्वितीयक तथ्याङ्कहरूलाई लेखकले जम्मा गरेर विश्लेषणको लागि प्रयोग गरेको हुन्छ ।

एनपीपीआर को लागि स्वीकार्य हुन दुवै प्रकारका लेखहरूले त्यसका सामग्रीमा ज्ञानलाई नीतिसँग स्पष्ट रूपमा जोड्नुपर्दछ । ज्ञानलाई नीतिसँग कसरी जोड्न सकिन्छ त? हामी के कल्पना गर्दछौँ भने ज्ञान सिर्जना गर्ने अनुसन्धानकर्ताहरू र नीतिकर्मीहरू या त एकसाथ मिलेर अनुसन्धान र नीतिको दुई डोमेनहरू जोडिने गरी नीति-प्रयोज्य ज्ञान सिर्जना गर्नेछन्, कि त स्वतन्त्र रूपले आफ्नो ज्ञान वा अभ्यासको क्षेत्र विस्तार गरिकन सह-कार्यद्वारा सिर्जना हुने जस्तै किसिमको नीति-प्रयोज्य ज्ञान सिर्जना गर्नेछन् ।

एनपीपीआर ले नीति-प्रयोज्य ज्ञानको सिर्जना वा सह-सिर्जनाको लागि निम्नलिखित विभिन्न ढाँचाहरू परिकल्पना गरेको छ ।

  • अनुसन्धानकर्ता र नीतिकर्मीहरूबिच एक चरणात्मक पूर्ण-समयको सहकार्यबाट नीति-प्रयोज्य ज्ञान सिर्जना हुन्छ ।
  • अनुसन्धानकर्ता र नीतिकर्मीहरूबिच दुई-चरणात्मक क्रमिक सहकार्य हुन्छ जसको पहिलो चरणमा अनुसन्धानकर्ताहरूले स्वतन्त्र रूपमा एक स्तरको ज्ञान सिर्जना गर्दछन् र त्यसपछि दोस्रो चरणमा नीतिकर्मीहरूसँग सहकार्य गरी अर्को स्तरको नीति-प्रयोज्य ज्ञान सिर्जना गर्दछन् ।
  • अनुसन्धानकर्ताहरूले आफ्नो ज्ञानको सीमा विस्तार गरेर नीति डोमेनसँग परिचित भई नीति-प्रयोज्य ज्ञान सिर्जना गर्दछन् ।
  • नीतिकर्मीहरूले आफ्नो ज्ञानको सीमा विस्तार गरेर अनुसन्धान डोमेनसँग परिचित भई नीति-प्रयोज्य ज्ञान सिर्जना गर्दछन् ।

नेपालमा नीति ज्ञान सिर्जना गर्ने यी ढाँचाहरू धेरै हदसम्म नयाँ छन् । त्यसकारण,  हामीले एनपीपीआर लाई नीति अनुसन्धानको प्रयोगात्मक जर्नलको रूपमा बुझेका छौँ । यस जर्नलको सफलता नेपालमा अनुसन्धान सहकार्यको संस्कृति कति फराकिलो हुँदै जान्छ र नीति अनुसन्धान इकोसिस्टमलाई कति बलियो बनाउँदै जान सकिनेछ भन्ने कुरामा निर्भर हुनेछ ।

एनपीपीआर ले सार्वजनिक नीतिका विषयहरूको फराकिलो दायरा समेटेर अर्थशास्त्र, सुशासन, सामाजिक समस्या, स्वास्थ्य, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि, वातावरण, विज्ञान, प्रविधि र नवप्रवर्तन लगायतका सबै नीति विषयमा उच्च गुणस्तरका लेखहरू प्रकाशन गर्दछ । एनपीपीआर ले जर्नलको उद्देश्य र दायरा अन्तर्गत पर्ने गरी नेपालसँग सम्बन्धित मुद्दाहरूमा विश्वभरबाट अनुसन्धान र समीक्षा लेखहरूलाई स्वागत गर्दछ । एनपीपीआर ले विकासशील देशहरूमा केन्द्रित र सम्बन्धित भएका विश्वव्यापी एजेन्डाहरूलाई विस्तारित रूपमा विश्लेषण गरिएका पाण्डुलिपिहरूलाई पनि स्वागत गर्दछ । यस कोटीका लेखहरूले विश्वव्यापी नीति एजेन्डा र अनुभव नेपालमा ल्याउने अपेक्षा गरिन्छ ।