स्वास्थ्य क्षेत्रको समयानुकूल रूपान्तरणका लागि अनुसन्धान

Authors

  • Dr. Mrigrendra Raj Pandey Founder, Mrigendra Samjhana Medical Trust

DOI:

https://doi.org/10.3126/nppr.v2i1.48689

Keywords:

स्वास्थ्य अनुसन्धान, जनचेतना, स्वास्थ्य सेवा, समाज सेवा, चित्किसा शिक्षा

Abstract

डा. मृगेन्द्र राज पाण्डेले पाच दसक भन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गर्नु भएको छ । उहाँले नेपालको स्वास्थ्य नीति निर्माण, जनचेतना फैलाउने र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । उहाँले नेपालमा स्वास्थ्य अनुसन्धान परिषद स्थापना, विर अस्पतालमा मेडिकल र सर्जरी विभाग स्थापना लगायत स्वास्थ्य क्षेत्र सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

Author Biography

Dr. Mrigrendra Raj Pandey, Founder, Mrigendra Samjhana Medical Trust

लेखकको सङ्क्षिप्त परिचय मुटुरोग विशेषज्ञ डा. मृगेन्द्र राज पाण्डे काठमाडौमा जन्मनु भएको हो । डा. पाण्डेले वेलायतबाट Diplomain Tropical Medicine and Hygiene (DTM & H) र एम.आर.सी.पि. उत्तीर्ण गरी बेलायतकै ठुला अस्पतालहरूमा काम गर्नुभयो । वि. सं. २०१७ सालमा नेपाल फर्केर बीर अस्पतालबाट काम थाल्नु भएका डा. पाण्डेले ख्यातिप्राप्त पदक, सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । लामो समयको चिकित्सा सेवा बापत उहा“ले स्वदेश तथा विदेशबाट थुप्रै मानपदवीबाट समेत सम्मानित हुनुभएको छ । डा. पाण्डे हाल नेपाल स्वास्थय अनुसन्धान परिषद्को मानार्थ अध्यक्ष हुनुहुन्छ ।    सम्पादित आलेखका सम्बन्धमा  नेपालको आर्थिक, सामाजिक, राजनीतिक, स्वास्थ्य, कला, संस्कृति, साहित्य, भाषा, ऐतिहासिक सम्पदा लगायत विविध विधामा विशेष योगदान पु¥याएका विशिष्ट व्यक्तिहरूको विचार तथा सुझावलाई सार्वजनिक हितका लागि Nepal Public Policy Review जर्नल मार्फत प्रकाशन गर्ने यस जर्नलको सम्पादक मण्डलले निर्णय गरेको छ । सोही नीति अनुरूप नेपालको स्वास्थ्य क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याउनु भएका वरिष्ठ चिकित्सक डा. मृगेन्द्र राज पाण्डेको विचारलाई समावेश गरिएको छ । पाण्डेको सम्पादित आलेख १९ भाद्र २०७९ मा उहाँकै निवासमा गरिएको कुराकानीको आधारमा नीति अनुसन्धान प्रतिष्ठाका सहअनुसन्धानर्ता डा. मन्दिरा लामिछाने धिमाल तथा अनुसन्धानकर्ता डा. गिरीराज शर्माले तयार पार्नुभएको हो ।

References

NA

Additional Files

Published

2022-09-25

How to Cite

Pandey, D. M. R. (2022). स्वास्थ्य क्षेत्रको समयानुकूल रूपान्तरणका लागि अनुसन्धान. Nepal Public Policy Review, 2, 489–494. https://doi.org/10.3126/nppr.v2i1.48689

Issue

Section

Policy Commentaries